गुण्डा नाइके मनोज पुनका सहयोगी पक्राउ

काठमाडौं–गुण्डा नाइके मनोज पुनका सहयोगी तुल बहादुर सिंजाली पक्राउ परेका छन् । प्रहरीको खोजी सूचीमा रहेका सिंजाली अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा दुबइमा पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको ईन्टरपोल शाखा स्रोतका अनुसार नेपाल प्रहरीले सिंजालीलाई शनिवार कतारबाट नेपाल ल्याएको हो ।

रुपन्देहीको दुर्गा तिवारी हत्याकाण्डमा सिंजालीले मनोज पुनको सहयोगीको रुपमा काम गरेका थिए ।

२०७३ पुस ४ गते रुपन्देहीको देवदहमा तिवारीको गोली हानेर हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्