सागमा आज १९ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकद (साग)मा आज १९ खेलमा प्रतिस्पर्धा हुँनेछ । जसमा कुल ४५ पदकको छिनोफानो हुनेछ ।

जसमा पौडीको खेल सुरु हुनेछ भने तेक्वान्दो र उसु सकिनेछ । एथ्लेटिक्समा चार स्वर्णको छिनोफानो आजै हुनेछ ।

यस्तै साइक्लिङमा २ सुटिङमा एक पौडीमा ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसमा विहानको सेसनमा हिट चरणका खेल हुनेछन भने दिउसो पदकको लागि खेल हुनेछ ।

यस्तै तेक्वान्दोमा ६ स्वर्णका लागि खेल हुनेछ भने भारत्तोलनमा ५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ यसका साथै उसूमा अन्तिम दिन १७ स्वर्णको खेल हुने बताइएको छ । प्रतियोगिताअन्तर्गत आज तेक्वान्दोको अन्तिम खेलहरू हुने भएका छन् । कूल २९ स्वर्ण रहेको तेक्वान्दोमा आज अन्तिम ६ स्वर्णको निर्णय हुनेछ ।

तेक्वान्दोमा अहिलेसम्म २३ स्वर्णको निर्णय हुँदा नेपालले ११ स्वर्ण जितिसकेको छ ।

त्यस्तै, उसुतर्फका खेलहरू पनि आज हुँदैछन् । २२ स्वर्ण रहेको उसुमा अहिलेसम्म ४ स्वर्णको निर्णय भइसकेको छ ।

यस्तै स्विमिङ र बास्केटबलको खेल आजदेखि सुरु हुँदैछ । एथ्लेटिक्स, गल्फ, साइक्लिङ, कबड्बी, टेबल टेनिसका खेलहरूले आज पनि निरन्तरता पाउनेछन् ।

क्रिकेट र फुटबलका खेलहरू पनि आज हुनेछजन् । क्रिकेटमा नेपालले भुटानसँग अहिले ८ बजेदेखि खेलिरहको छ । ।

प्रतिक्रिया दिनुहोस्