ब्यारेकभित्रै गोली चल्यो, छ प्रहरीको मृत्यु

काठमाडौं, मंसिर १८ । छत्तिसगढस्थित नारायनपुर जिल्लाको काडेनार क्याम्पमा गोली प्रहार हुँदा छजना इन्डो(तिब्बतियन सीमा प्रहरीको मृत्यु भएको छ ।

बुधबार बिहान आपसमा विवाद हुँदा एक प्रहरीले क्याम्पभित्रै गोली चलाएका थिए । विवाद के थियो भन्‍ने कारण भने स्पष्ट भइसकेको छैन ।उक्त दुईजनाको घाइते भएका छन् ।

बस्टर रेन्जका प्रहरी इन्सपेक्टर जनरल सुन्दरराज पीले समाचार एजेन्सी पीटीआईलाई एकजना प्रहरी जवानले आफ्नै साथीमाथि गोली चलाएको जानकारी दिएका छन् ।

उनका अनुसार नारायनपुर प्रहरी प्रमुख मोहित गार्ग घटनास्थल पुगेका छन् । ३५० किलोमिटरमा रहेको उक्त क्याम्पमा ४५ औं बटालियन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्