साइक्लिङमा नेपाललाई ऐतिहासिक २ स्वर्ण

काठमाडौं, मंसिर १८ । साइक्लिङको डाउनहिल तर्फ नेपालले २ स्वर्ण जितेको छ। पहिलोपटक सागमा समावेश गरेको साइक्लिङको डाउनहिलमा पुरुषतरुफ राजेश मगर र महिलातर्फ निस्मा श्रेष्ठले स्वर्ण जितेका हुन्।

डाउनहिलमा १ किलोमिटर दुरी पार गर्नुपर्छ। गोकर्णेश्वर स्थित सहिद पार्कमा भएको खेलमा बंगलादेश, भारत, श्रीलङ्का र पाकिस्तानका खेलाडी सहभागि थिए।

प्रतिक्रिया दिनुहोस्