सागमा कुन कुन खेल हुँदैछ त आज ?
काठमाडौँ, १८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)
प्रतियोगिता अन्तर्गत आज कराँतेको अन्तिम ४ स्वर्णको छिनोफानो हुँदैछ, भने फुटबल, एथ्लेटिक्स, तेक्वान्दो र उसुका खेलको प्रतिस्पर्धा आजै हुनेछ ।
आयोजकका अनुसार, कराँतेको फाइटतर्फ व्यक्तिगत दुई र टिम कुमुतेतर्फ दुई स्वर्ण छिनोफानो हुनेछ ।
मंसिर १६ देखि सुरु कराँतेमा यसअघि १५ स्वर्णको निर्णय आइसकेको छ । जसमा नेपालले ९ स्वर्ण ३ रजत र २ कास्य हासिल गरेको छ भने बंगलादेश र पाकिस्तानले समान ३ स्वर्ण जितेका छन् ।
कराँतेमा कूल १९ स्वर्ण रहेकोमा नेपाल अहिलेसम्म कुनै पनि विधामा पदकविहीन हुनु परेको छैन । यसले नेपालका प्रतिष्ठालाई उचायमा पुर्याएको छ ।
यसपटक कराँतेले त्यो इतिहास दोहोर्याउने लक्ष्य राखेको थियो । १४ वटै स्वर्ण जित्न नसके पनि कराँतेले १३औं संस्करणमा पनि उत्कृष्ट नतिजा ल्याएको छ ।
त्यस्तै, कराँतेसँगै यसपटक ९ स्वर्ण जितिसकेको तेक्वान्दोमा आज ६ स्वर्णको छिनोफानो हुँदैछ । कुल २९ स्वर्ण रहेको तेक्वान्दोमा पुम्सेतर्फ १३ र फाइटतर्फ ४ गरी १७ वटा स्वर्णको छिनोफानो भइसकेको छ । आज ६ स्वर्णको नतिजा आएपछि ६ स्वर्णको लागि बिहीवार प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, बुधवार नेपाललाई दुई स्वर्ण दिलाएको उसुतर्फ आज पनि प्रतिस्पर्धा हुँदैछ । आज बिहानी सत्रमै दुई स्वर्णको छिनोफानो हुनेछ ।
त्यस्तै दशरथ रगशामा एथ्लेटिक्सको दोस्रो दिनको खेलहरू आज हुनेछन् । गोकर्णमा गल्फको दोस्रो दिनको खेल हुनेछ भने गोकर्णमै साइक्लिङ पनि हुँदैछ । सातदोबाटोमा सुटिङ र टेनिसका खेलहरु हुनेछन् ।
यस्तै चर्चित खेल फुटबलअन्तर्गत लिगको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल दशरथ रंगशालमा बेलुका ५ बजे हुँदैछ । यस १३औं सागमा नेलापको प्रदर्शनीले खेलले रमाञ्चित बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्