मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन
काठमाडौं, मंसिर १७ । मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ ।
नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहित कारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको हो ।
यस अभियानमा हाल सम्म बैंकको मोवाईल बैंकिङ्ग मार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले NT/NCELL/SMART CELL mobile मा top-up गर्दा पहिलो पटक top-up गरेको रकमको20% Cash backk प्राप्त गर्नेछन् ।
यो अभियान२०७६ मंसिर १५ गते देखि लागु भई २०७६ फाल्गुन १४ गते सम्म संचालनहुनेछ ।हाल सम्म मुक्तिनाथ बाट मोवाईल बैंकिङ्ग नलिएका वा लिएर पनि कारोवार नगरेका ग्राहकहरुले यो फाईदा लिन सक्नेछन् ।
यस बाट ग्राहकहरुले मोवाईल रिर्चाज कार्ड किन्ने झन्झट बाट मुक्ति पाउनुको साथै नगद लाभ पनि लिने बैंकका प्रमुख सुचना अधिकारी श्री तिलबहादुर गुरुङ्गले बताए ।
प्रतिक्रिया दिनुहोस्