१३औं साग: नेपाल २१ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन नेपालले थप ६ स्वर्ण जितेको छ । यो सँगै नेपालको २१ स्वर्ण पुगेको छ ।

तेस्रो दिन १० किलोमिटर दौडमा पहिलो पटक नेपालका लागि सन्तोषी श्रेष्ठले स्वर्ण जितिन् । सन्तोषीले निर्धा्िरत दूरी ३५ मिनेट ७.९४ सेकेण्डमा पूरा गरिन् । भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काँस्य पदक जितेकी छन् ।

उसुमा नेपालले दुई स्वर्ण जितेको छ । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण जितेका हुन् । नेपालले दुवाथोलनमा पनि स्वर्ण जितेको छ । हिमाल टमाटाले स्वर्ण पदक जितेका हुन् ।

कराँतेतर्फ ६७ केजी तौल समूहमा नवीन रसाइलीले स्वर्ण पदक जिते ।

प्रतिक्रिया दिनुहोस्