भुटानविरुद्ध नेपाललाई पहिलो हाफमा अग्रता

काठमाडौं , मंसिर १६ । १३ औँ साग अन्तर्गत पुरुष फुटबलमा नेपाली टोलीले सुरुआती अग्रता बनाएको छ । दशरथ रंगशालमा भएको खेलको पाँचौ मिनेटमा कप्तान सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा नेपालले धरै अवसरहरु पाएको थियो । नेपालले पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा पहिलो हाफमा मात्र एक गोलको अग्रता बनाउन सकेको हो ।

आजको खेलमा नेपाल भुटानलाई हराउँदै प्रतियोगितामा आफुलाई बलियो बनाउने योजनामा छ । नेपाल साग फुटबलमा साविकको विजेता टोली हो । घरेलु मैदानमा भइरहेको खेलमा नेपाललाई जित्नै पर्ने दवाव छ ।

प्रतिक्रिया दिनुहोस्