१३ औँ साग: महिला फुटबलमा नेपालको विजयी सुरुवात

काठमाडौं, मंसिर १७ । सरु लिम्बुको निर्णायक गोलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले १३ औँ दक्षिण एसियाली खेलकुद सागमा विजय सुरुआत गरेको छ ।

आज भएको पहिलो खेलमा श्रीलंकामाथि १–० को नतिजा निकाल्दै नेपालले विजय सुरुआत गरेको हो । पोखरा रंगशालामा नेपालका लागि एकमात्र गोल सुरु लिम्बुले गरिन् । उनले खेलको ८८ औं मिनेटमा गोल गरेकी थिइन् ।

आजको जितसँगै नेपालको स्वर्ण जित्ने लक्ष्य मजबुत बनेको छ । आज हुने दोस्रो खेलमा माल्दिभ्स र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्