एथलेटिक्समा सन्तोषी श्रेष्ठ बनिन् स्वर्ण विजेता

काठमाडौं, १७ मंसिर । १३औं सागको एथलेटिक्सको महिला १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठ स्वर्ण जितेकी छन् । निर्धारित दुरी ३५ मिनेट ७.९५ सेकेन्डमा पुरा गर्दै उनले स्वर्ण जितेकी हुन् ।

उनले भारतकी पविता यादालाई एक मिलीसेकेन्डले उछिन्दै स्वर्ण हात पार्न सफल भएकी हुन् । । यादाले ३५ मिनेट ७.९४ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । एथलेटिक्समा स्वर्ण जित्ने सन्तोषी पहिलो नेपाली महिला खेलाडी हुन् । यो स्पर्धामा भारतकी पविता यादाले रजत र श्रीलंकाकी निलाथीले कास्य हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्