सागमा आज कुन कुन खेलमा प्रतिष्पर्धा हुँदैछ ?

काठमाडौं, १७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तगर्त आज २० स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुँदैछ ।

आजदेखि भलिबल खेल सम्पन्न हुनेछ । दुईवटा स्वर्णका लागि फाइनल खेल हुँदैछ । पुरुष तर्फको उपाधिका लागि भारत र पाकिस्तान आमने सामने भिड्दै छ, भने महिला तर्फ नेपाल र भारत प्रतिष्पर्धा गर्दैछन् ।

पुरुष तर्फको सेमिफाइनलमा भारतले श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको थियो । त्यस्तै पाकिस्तानले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

महिलातर्फको उपाधिका लागि नेपाल र भारत प्रतिष्पर्धा गर्नेछन् । समूह चरणको खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको नेपाल त्यसको बदला लिँदै स्वर्ण जित्ने लक्ष्यमा छ । महिला भलिबलतर्फको फाइनल दिउँसो चार बजे हुनेछ ।

आजदेखि एथलेटिक्सका खेलहरु पनि संचालन हुनेछन् । एथलेटिक्समा १,५०० मिटर पुरुष र महिला, सटपुट पुरुष र महिलाको खेल संचालन हुनेछ । एथलेटिक्समा एक सय र चार सय मिटर दौड तथा हर्डल्सका हिट पनि संचालन हुनेछन् ।

यस्तै करातेमा ६ वटा स्वर्णको छिनोफानो हुनेछ । पुरुषको ६० केजी मुनी, ६७ केजी मुनी र ७५ केजी मुनीको प्रतिष्पर्धा हुनेछ भने महिला तर्फ ५५ केजी मुनी, ६१ केजी मुनी र ६८ केजी मुनीमा खेल संचालन हुनेछ ।

यस्तै उसुमा महिला र पुरुषको चाङक्वान गरी दुई स्वर्णको टुंगो लाग्नेछ ।

टेबल टेनिसमा पनि पुरुष र महिलाको टिम इभेन्टका खेलहरु सम्पन्न हुनेछ । ट्रायाथलनमा मिक्सड रिलेको फाइनल हुने छ ।

फुटबलमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल दशरथ रंगशालामा दिउँसो एक बजे हुनेछ भने बंगलादेश र माल्दिभ्सबीचको खेल साँझ पाँच बजे सुरु हुनेछ ।

महिला फुटबलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्स खेल्दैछन् ।

आजदेखि पुरुष क्रिकेट सुरु हुँदैछ । पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाको यू–२३ टिमबीच प्रतिष्पर्धा हुनेछ । पोखरामा हुने महिला क्रिकेटमा भने श्रीलंका र बंगलादेश खेल्नेछन् ।

आजदेखि सातदोबाटोको सुटिङ रेन्जमा सुटिङका प्रतिष्पर्धा हुँदैछन् । सुटिङमा महिलाको १० मिटर एयर राइफल तथा महिला र पुरुषको थ्री पोजिसन राइफलका खेलहरु सम्पन्न हुनेछन् ।
लन टेनिसमा टिम इभेन्टका सेमिफाइनलका खेलहरु संचालन हुनेछन् । यस्तै गल्फ पनि आजबाट सुरु हुनेछ । कीर्तिपुरमा जारी खोखोमा आज सेमिफाइनलका खेलहरु संचालन हुनेछन् ।


हिजो सोमबार भएको खेलमा

हिजो सोमबार भएको खेलमा नै नेपालले १५ स्वर्ण, ३ कास्यर ६ रजत जम्मा २४ पदक जित हात पारिसकेका छ । त्यस्तै भारतले ३ स्वर्ण, ८ कस्य र ३ रजत गरि जम्मा १४ जित्न सफल भएको छ । त्यस्तै श्रीलंका ३ स्वर्ण, ७ कास्य र १४ रजत जम्मा २४ जित्न सफल भएको छ । पाकिस्तानले २ स्वर्ण, ४ कास्य र ७ रजत गरि १३ पदक जित हात पारेको छ ।
त्यस्तै बंगलादेशले २ स्वर्ण,१६ रजत गरि जम्मा १८ पदक जित्न सफल भएको छ । भुटानले १ रजत माभै जित्न सफल भएको छ । माल्दिभ्सले हाल सम्भ कुनै पनि पदक हात पार्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्