सागः नेपाल छ स्वर्ण पदक हात पार्न सफल

काठमाडौं, १६ मंसिर । १३औं दक्षिण एशियाली खेलकुद (साग) को दोस्रो दिन मा नै छ स्वर्ण पदक हात पार्न सफल भएको छ । मार्सल आर्टमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पाँच स्वर्ण जित्दा ट्रायथलनमा एक स्वर्ण जितेको छ ।

तेक्वान्दोमा पुरुष पुम्सेको ५८ केजी तौल समूहमा गोविन्दबहादुर आलेले स्वर्ण हात पारे । एकलतर्फ कमल श्रेष्ठले स्वर्ण जिते ।
कराँतेमा मन्डेकाजीले देशलाई पहिलो स्वर्ण दिलाए । उनले काँतामा स्वर्ण दिलाएका हुन् । महिला टिम काँतामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जिते । काँतामा महिला एकलतर्फ चञ्चला दनुवारले रजत जितेकी छिन् ।

कराँतेको टिम काँतामा मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जनले स्वर्ण दिलाएका हुन् । मन्डेकाजीले आजै कराँतेतर्फ दुई स्वर्ण जितिसकेका छन् ।

ट्रयथलनमा सोनिका गुरुङले स्वर्ण जितिन् । पोखरामा भएको ट्रायथलनमा उनले स्वर्ण जितेकी हुन् ।
स्वर्ण जित्ने खेलाडीहरु :
तेक्वान्दो
गोविन्द आले पुम्सेको ५८ केजी
कमल श्रेष्ठ पुरुष एकल
सीना लिम्बू मादेन पुम्सेतर्फ
कराँते
मन्डेकाजी श्रेष्ठ पुरुष काँता
निर्मला तामाङ, संगिता मगर र सरु काकी महिला टिम काँता

मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन पुरुष टिम काँता

ट्रयथलन
सोनिका गुरुङ

काठमाडौं । करातेका मण्डेकाजी श्रेष्ठ १३औं दक्षिण एसियाली खेलकुद ९साग०मा नेपाललाई पहिलो स्वर्ण दिलाउने खेलाडी बन्न सफल भए । उनले पुरुष एकल कातामा पाकिस्तानी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् ।

उनी त्यतिमा मात्र रोकिएनन्, पुरुष टिम कातामा पनि नेपाललाई स्वर्ण दिलाउन सफल भए । मण्डेकाजीसँगै प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो ।

यससँगै उनले १३ औं सागमा स्वर्ण जित्ने पहिलो खेलाडी समेत बन्न सफल भएका छन् ।
‘म एकदमै खुसी छु, २० वर्षपछि दोहोरो स्वर्ण जित्न सफल भएँ’ हर्षित मुद्रामा मण्डेकाजीले सुनाए ।
उनले मण्डेकाजी तीनै हुन्, उनले ढाकामा भएको ११ औं सागमा अन्तिम समयमा आएर खेल्न पाएका थिएनन् ।
अन्तिम समयमा उनी सहभागी इभेन्ट नै हटाएपछि उनले खेल्न पाएका थिएनन् । ‘तीन दिन बाँकी हुँदा हामी रुँदै नेपाल फर्किनु परेको थियो । त्यो इखले नै साग खेल्नुपर्छ र नेपाललाई स्वर्ण दिलाउनुपर्छ भनेर लागिरहेँ’ मण्डेकाजीले सुनाए ।
दुर्भाग्य १२औं सागमा कराते नै परेन । तर उनले हरेस खाएनन् र, १३ सागमा दोहोरो स्वर्ण जित्न सफल भए । ‘परिवार र बाबुले समर्थन गर्नुभयो । तिमी कहिल्यै हरेस नखाऊ, खेलमा ध्यान देऊ भनिरहनुभयो’ उनी भन्छन्, ‘यो पटक मेरो लक्ष्य पनि दोहोरो स्वर्ण नै थियो । र त्यसमा सफल भए ।’

१३औं सागमा बलियो मानिएको भारतले करातेमा सहभागिता जनाएको छैन । तर स्वर्ण विजेता मण्डेकाजी भारत नआएका कारण नेपाल सफल भएको मान्दैनन् । ‘भर्खरै भएको पाँचौं दक्षिण एसियाली च्याम्पियनसीपमा भारतलाई नै हराएर हामीले स्वर्ण जितेको हो । त्यसैले भारत नआएकाले सजिलो भएको होइन,’ भन्छन्, ‘हाम्रा लागि बलियो प्रतिद्वन्द्वी पाकिस्तान र श्रीलंका नै हो ।’

प्रतिक्रिया दिनुहोस्