सिभिल बैंकले ६ दशमलव ५७ प्रतिशत नगद लाभांश बाँड्ने
काठमाडौं, मंसिर १५ । सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा पुस ६ गते बस्ने भएको छ।
मंसिर १३ गते बसेको बैंकको सञ्चालक समितिको २९१औं बैठकले बैंकले गत आर्थिक वर्ष २०७५र७६ को नाफाको ६ दशमलव ५७ प्रतिशत (५२ करोड ५८ लाख २२ हजार ७ सय रुपैयाँ) बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव नवौं साधारण सभामा लैजाने निर्णय गरेको हो।
गत आर्थिक वर्ष २०७५र७६ मा बैंकले ७० करोड ७४ लाख १२ हजार रुपैयाँ बराबर कमाएको देखिन्छ। गत आर्थिक वर्षमा बैंकले कमाएको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ३१ प्रतिशतले बढी हो।
बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ बराबर देखिन्छ भने निक्षेप ४७ अर्ब ६ करोड ३ लाख ५७ हजार, र कर्जा ४५ अर्ब ७० करोड १३ लाख ४४ हजार रुपैयाँ बराबर छ।
सिभिल बैंकले अन्य बैंकसँगको मर्जर, प्राप्ति तथा विदेशी लगानी साझेदार भित्राउने विषयमा संचालक समितिलाई अख्तियारी दिने विषयमा पनि सञ्चालक समितिले निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस्