साग गेम आजदेखि, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

काठमाडौं, १५ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहका लागि दशरथ रंगशालामा विशेष तयारी गरिएको छ । दशरथ रंगशाल सजिसजावट गर दुलही जस्तै भएको छ ।

साग प्रतियोगतिामा भाग लिन दक्षिण एसियाका नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्स को सहभागी भएका छन् । १० देखि २४ मंसिरसम्म चल्ने प्रतियोगितामा सात देशका खेलाडी, पदाधिकारी र प्राविधिक गरी ६ हजार ५०० ले सहभागिता जनाउँदै छन् । त्यसमध्ये ३ हजार खेलाडी, १ हजार अफिसियल, २ हजार २७० रेफ्री, जज र जुरी रहनेछन् । २८ खेलमा ३१६ स्वर्णसहित १ हजार १११ पदकका लागि प्रतिस्पर्धा हुने सागमा नेपालबाट ६९४ खेलाडीले प्रतियोगितामा भाग दिन नाम दर्ता गरिएका छन् ।

आज हुने उद्घाटन समारोहमा नेपाली कला–संस्कृति झल्कने झाँकी प्रस्तुत हुँदैछ । सशस्त्र प्रहरी, नेपाली सेनाका हजारभन्दा बढी कलाकारले प्रस्तुति दिनेछन् । कलाकारले सातै देशका खेलाडी र पदाधिकारीलाई गीत र नृत्यमार्फत स्वागत गरिँदै छ ।

यस प्रतियोगितामा प्रतिस्पर्धा हुने २८ मध्ये आठ खेल पोखरामा हुनेछ । कुस्ती प्रतियोगिता जनकपुरमा हुनेछ । बाँकी खेल काठमाडौं र ललितपुरमा हुने राष्टिय खेलकुद परिषद्ले जनाएको छ । उद्घाटन काठमाडौंको त्रिपुरेश्वरस्थित रंगशालामा हुने भएपनि पोखरा रंगशालामा सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्