महिला भलिबलमा नेपाल श्रीलंकासँग भिड्दै , नयाँ इतिहास रच्ने योजनामा

काठमाडौं , मंसिर १४ । नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा आज (शनिबार) हुने दोस्रो सेमिफाइनल खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ः०० बजेबाट सुरु हुनेछ । सेमिफाइनलको पहिलो खेलमा भारत र माल्दिभ्स भिड्ने छन् । आजको खेलमा जित निकाल्दै नेपाल नयाँ इतिहास रच्ने योजनामा छ । नेपालले महिला भलिबलको साग खेलकुदमा कास्य पदक मात्र जितेको छ ।

आजको खेलमा जित निकाल्न सके महिला टोली साग इतिहासमा पहिलो पटक फाइनल पुग्नेछ । तर नेपाललाई श्रीलंकाविरुद्ध जित निकाल्न सहज भने छैन । महिला भलिबलमा श्रीलंका बलियो टोलीको रुपमा रहेको छ ।

यदि नेपालले आजको खेलमा श्रीलंकालाई हराए कम्तिमा रजत पदक पक्का हुनेछ ।

प्रतिक्रिया दिनुहोस्