मर्जर स्वतःस्फुर्त हुनुपर्छः प्रमुख कार्यकारी अधिकृत पौड्याल

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकिङ क्षेत्रमा तीनदशक भन्दा लामो समय बताइसक्नु भएका व्यक्ति हुनुहुन्छ । बैंकिङ क्षेत्रमा प्रवेश गर्नु अघि उहाँ अध्यापन गर्नुहुन्थ्यो। सन् १९८४ बाट नबिल बैकबाट बैंकिङकरियर सुरु गर्नु
भएका पौड्यालसंग विदेशको बसाइको अनुभव समेत छ ।

पौड्याल सरस्वती क्याम्पसका आइकम र बिकमका क्याम्पस टपर समेत हुनुहुन्छ । उहाँले लण्डनमा मास्टर डिग्री समेत गर्नु भएको छ । ग्लोबल आईएमई बैकमा प्रमुख कार्यकारी अधिकृतको भुमीका निर्वाह गर्नु भएका पौड्याल हाल सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । उहाँसंग हाल चर्चामा रहेको मेगा मर्जर , मुलुकको अर्थतन्त्रको अवस्था लगाएत विषयमा केन्द्रित रहेर हामीले उहाँसंग कुराकानि गरेका छौ :।

बिग मर्जरको आवश्यकता र औचित्य के छ ?
मर्जर हुनु राम्रो पक्ष हो । स्वस्थ मर्जर हुनुपर्छ । मर्जरमा जानका लागि प्रोत्साहन खालका, व्यवहारिक रूपका, आकर्षक किसिमको स्किम हुनपर्छ । स्वस्फुर्त रूपमा बनाएको मर्जर स्वस्थ्य र दीर्घकालीन हुन्छ भने अन्यथा गरिएको टिकाउ नहुन सक्छ । जुन बिग मर्जर हुन्छ भन्ने हल्ला छ त्यो हुन सकेन । स्वस्फुर्त रूपमा मर्जर भविष्यमा आउँलान् । यति नै संख्या उपयुक्त हो भन्ने छैन । कि त राज्यबाटै यति बैंकहरू सञ्चालन गर्न सकिनेछन् भन्ने निर्णय गर्नु प¥यो । मर्जरमा जाँदा गुणस्तरीय जनशक्ति भने आउन सक्छ ।
यसले राज्य व्यवस्थामा कस्तो प्रभाव पार्छ ?
राज्य व्यवस्थामा बैंकिङ संरचना वित्तीय क्षेत्र आवश्यक छ । केही हदसम्म यसको प्रभाव विकास निर्माणमा पर्छ । विकास बिना कुनै देश गति लिन सक्दैन । यही कुरा संयुक्त राज्य अमेरिकाको केसमा भयो भने संसारै बन्द हुने अवस्था रहन सक्छ । अर्को भनाइ छ टु बिग टु फेलमा पनि विचार गर्नुपर्ने हुन्छ र एकाधिकार पनि जन्माउनु हँुदैन । सबै कुराको विचार गरेर रणनीति लिनुपर्छ ।

क्यापिटल बढेपछि एउटा गौरवका ठूला आयोजनामा बैंकले लगानी गर्ने क्षमता हुन्छ । अर्को नराम्रो पक्ष मर्जर अस्वस्थ भयो भने संस्था बिग्रिन सक्छ अनि पब्लिकको मनोबल घट्न सक्छ । हाम्रो प्राकृतिक विवाह हुन्छ भने मर्जर वित्तीय संस्थाको अप्राकृतिक विवाह हो ।

मर्जरले उद्यमशीलतामा नकारात्मक प्रभाव पार्दैन ?
मर्जरले वित्तीय प्रशासन (शक्ति) लाई केन्द्रीकृत गर्छ भन्नुभयो भने २८ वटामा पाँच वटा बैंक मर्जर भए के हुन्छ भन्ने प्रश्न उठ्छ । मुलुकको विकास र समृद्धिको प्रमुख आधार कृषि, पर्यटन, भौतिक पूर्वाधार हो त्यसमा पनि सडकको निर्माणले विकासका लागि सञ्जाल जोड्छ । बैंक तथा वित्तीय संस्थाले यस्ता क्षेत्रको विकासका लगानी गर्छ । ७५३ स्थानीय तहमा ७३५ तहमा बैंकको पहुँच पुगेको छ ।

मर्जरले बैंकको ध्यान ठूला परियोजनामा जान्छ त्यसमा लगानी गर्छ भने साना र नवउद्यमी केहि कम जान सक्छ । यसले साना उद्यमीलाई प्रभाव त पार्छनै ।
बंैकर र उद्योगीलाई छुट्ट्याउन सकेका छैनौं ? यस्तो अवस्थामा मर्जर सफल होला ?
मेरो करिब तीन दशक लामो अनुभवमा राज्यको चौतर्फी विकास संरचनाका लागि पहिलो कुरा सुशासन हो । कर्पोरेट कल्चर पनि राम्रो हुनुपर्छ, बंैकर उद्योगीलाई छुट्ट्याउन नसक्नुमा ठूलो समस्या र चुनौती छ । यो नीतिगत विषय हो । बैंकिङ सिस्टमबाट कारोबार गर्दा सबै मान्छे एकै लेबलका इमानदार हँुदैनन् ।

हामीले विगतमा विभिन्न संघ संस्थामा धेरै आर्थिक अपचलनका घटना देखेका छौं । नेपालको वित्तीय क्षेत्रलाई सुशासन कायम गर्न राष्ट्र बैंकले गरेका विभिन्न प्रयत्न अन्तर्राष्ट्रिय तहका वित्तीय निकायले पनि हेरिरहेका छन् । यसमा गम्भीर छलफल विश्लेषण गरी नीति निर्माण गर्न सक्नुपर्छ । नीति निर्माण गर्दा विकास तथा समृद्धिका विषयलाई ख्याल गर्न नसकेका कारण विगतमा स्थापित उद्योग अहिले बन्द भइरहेका छन् ।

नयाँ संरचना देशमा किन आउन सकेनन् ? किन दैनिक हजारौं युवा शक्ति बाहिर गइरहेका छन् ?

देश विकासका लागि त देशकै जनताले गर्ने हो बाहिरबाट ल्याएर हुँदैन । सुशासन पद्धति हुनुपर्छ, एउटा हदमा गएर बैंक र व्यवसायीलाई छुट्ट्याउनु पर्छ त्यसपछि यसमा स्वच्छता हुन्छ ।


बैंकिङ क्षेत्रमा सुरक्षा चुनौती पनि छ, यसलाई कसरी हेर्नु भएको छ ?
पछिल्लो पटक विकास भएका प्रविधिसँगै चुनौती पनि थपिएको छ, यसमा दुईमत छैन । यो बदलिँदो संसारमा हरेक दिन चुनौती थपिँदै जान्छ । यसलाई सामना (व्यवस्थापन) गर्दै जानुपर्छ । विश्व बजारसँग सञ्जाल जोड्नका साथै सेवाग्राहीलाई आधुनिक सेवासुविधा बढाउनै पर्ने बाध्यता छ । अहिलेका पुस्ता प्रविधिमैत्री छन्, देशविदेश घुमेका र अध्ययन गरेका छन्, उनीहरू पनि त्यही प्रविधिअन्तर्गतका सेवा खोज्छन् । त्यसैले बैंक तथा वित्तीय संस्थामा चुनौती आयो भनेर चुप लागेर पुरानो प्रणालीबाट काम गर्न हुँदैन ।

हामी प्रविधिसँग जोडिनुपर्छ । सिस्टम र सफ्टवेयरमा अब सुरक्षाको छेकबार कति लगाउने ? त्यसको अध्ययन, अनुसन्धान हुनुपर्छ । जस्तै घरको कम्पाउन्ड हुन्छ, त्यहाँ गेट हुन्छ अनि घर हुन्छ भित्र अझै ढोकाहरु हुन्छन् त्यहाँ नि चोरी हुन्छ । यो नियम पनि त्यस्तै रहेछ ह्याक गर्ने, ट्र््याक गर्ने, पासपोर्ट क्र्याक गर्ने, कतिपय ठाउँमा लिंक जोडर पनि थाहा पाउन सकिन्छ । समयसँगै अझै सुरक्षाका रणनीति परिवर्तन गर्न आवश्यक छ । जब चुनौती थपिँदै जान्छ, तब बैंकले लगानी थपेर बैंकिङ प्रणाली बलियो बनाउँदै लग्नुपर्छ । बैंकले लगानी थपेर गर्नुपर्ने सुरक्षाका चुनौतीलाई अब राष्ट्र बैंकले हेर्दिनुपर्छ । चुनौती पार गर्नलाई लगानी पनि थप्नु प¥यो ।
मिटर ब्याजका खतरा के देख्नुहुन्छ यहाँले ?
स्वस्थ्य प्रतिस्पर्धा हुन सकेन भने अनौपचारिक रूपमा आर्थिक गतिविधि बढ्छ । सना व्यवसायी र उद्यमीको ठूला बैंकमा पहुँच नपुग्दा त्यस्तो समस्या पनि आउन सक्छ । को लगानीले अर्थतन्त्रलाई पनि खतरा पार्छ । यसले वित्तिय क्षेत्रमा मिटर ब्याजजस्ता विभिन्न किसिमका विकृति ल्याउन सक्छ । मैले बुझेअनुसार संघीय सरकारमा केन्द्रीय बैंक हुन्छ । हामी संघीय संरचनामा गइसकेकाछौं ।

देशले यो नयाँ अभ्यास गरिरहेको अवस्था छ । यो अभ्यास मुलुकको भौगोलिक अवस्था अनुसार खर्चिलो छ । उत्पादन, विकास र रोजगारीको सिर्जना पनि त्यही किसिमले गर्नुपर्ने हुन्छ । क्षेत्रगत प्रतिस्पर्धाले केही विकास भएको अवस्था छ । तर करलगायतका कुरामा नकारात्मक पनि सुनिन्छ । यसलाई पनि समय अनुसार परिमार्जित गर्दै लानुपर्छ ।

व्यवसायीले कर्जाको ब्याज बढी भयो, नाफामुखी भयो भन्ने गुनासो गरेका छन् नि ?
यो गलत कुरा हो । बैंकले कसरी कहाँ कमायो यो भन्दिनुस् पहिला, एउटा बैंकले कति लगानी गरेको छ र कति प्रतिफल हासिल गरेको छ ? बैंकले आफ्ना लगानीकर्तालाई मुनाफाको निश्चित प्रतिशत रकम लाभांश वितरण गर्ने, केही जगेडा कोषमा व्यवस्थापन गर्नुपर्छ ।

बीसौं अर्व लगानी गरेर तीन अर्ब नाफा ग¥यो भने कति भयो, आपत्ति प्रकट गर्ने ? अब यो प्रतिफल करिब १३ प्रतिशत पनि हँुदैन । के यो अत्यधिक हो त ?

नेपालको अर्थ व्यवस्थाको अत्यधिक पारदर्शी क्षेत्र नै बैंकिङ हो । बैंकले एक रुपैयाँ पनि तलमाथि गर्न सक्दैन । हाम्रो बैंकले पछिल्लो वर्ष रु एक अर्ब ७५ करोड नाफा कमाएको छ । तर ८ अर्ब १० करोड लगानीकर्ताले लगाएको छ त्यसमा ५ अर्बको जगेडा कोष छ त्यो पैसा उहाँहरूकै हो । बंैकिङ क्षेत्रमा सबैको आँखा लागेको मात्र हो । अब ब्याजको कुरा, आज बैंक खोलेर मालिक भएका तत्कालीन ग्राहकलाई १८ देखि २१ प्रतिशतको भौचर बनाउने मान्छे म हुँ । समय र प्रतिस्पर्धीसँगै बैकको स्थापना बढ्दै गयो फाइदा त जनतालाई भन्दा व्यवसायीलाई भएको छ । बजारमा प्रतिस्पर्धा गर्न सक्ने चल्छन् त नसक्ने बन्द हुन्छन् । अन्तर्राष्ट्रिय तहमा पनि संस्था उदय र अन्त्य हुने प्रक्रियाछ ।

सरकारको स्वामित्वका बैंकको १५ प्रतिशत वित्तीय हिस्सा छ, त्यसले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ ?
राज्यलाई तीनवटा बैंक किन चाहियो ? जहाँ प्राइभेट जाँदैन, खर्चिलो छ, संरचना छैन, त्यहाँ सरकारी बैंक जानुपर्ने हो, हाम्रो अभ्यासमा त्यो छैन । भारतमा १६ हजार पाँच सय करोड भारु पूँजी भएको एउटा बैंक हुन्छ, भने अर्कामा ८ अर्ब भारु हुन्छ, उनीहरूकाबीच तुलना र प्रतिस्पर्धा हुन सक्तैन । यसले गर्दा मर्जरको फाइदा भनेको ठूलो पूँजी सञ्चय हुनु हो । यसले गर्दा ठूला परियोजनामा लगानी गर्न सकिन्छ ।


मुलुकको अर्थतन्त्र कता जाँदै छ ? कसरी विश्लेषण गर्नुभएको छ ?
मैले ३० वर्ष अगाडि बैंकिङ करियर सुरु गर्दा अधिकांश बैंकमा निर्यात विभाग ठूला हुन्थे, निर्यात र आयातकाबीच सन्तुलन हुन्थ्यो । पहिले बाहिरबाट स्वदेशमा डलर आउने प्रमुख माध्यम वस्तु निर्यात हुन्थ्यो । अहिले निर्यात घटेको छ । विगतमा ‘डच क्राइसिस’का समयमा सामान आयात गर्न पनि विदेशबाट सहयोग माग्ने, कर्मचारीलाई पनि तलब खुवाउन विदेशको मुख ताक्नुपर्ने स्थिति थियो । यदि हामीले पनि अर्थ व्यवस्थालाई सुधार्न सकेनौं भने अब त्यो अवस्था हामीकोमा नआउला भन्न सकिन्न ।

युवा जनशक्ति जसले देश बनाउने हो त्यो विदेश गइरहेका छन् । करिब ५० लाख युवा बाहिर छन् । रगत बेचेर डलर किनेको छ । अब देशमा रोगजार सिर्जना गर्नुपर्छ, अर्थतन्त्रको आकार वृद्धि गर्न उत्पादन बढाउन पर्छ । अहिले विकासभन्दा विनाशतिर गइरहेको छ ।
कृृषि क्षेत्रको विकासका लागि बैंकले के–के योजना ल्याएको छ ?
सन्राइज बैंकको फोकस भनेको कृषि क्षेत्रमा हो । बैंकले ‘सनराइज सजिलो कर्जा’ भनेर योजना ल्याएको छ । कृषि प्रधान देशमा कृषकले नै लगानी गर्नुप¥यो अनि पो विकास हुन्छ, कृषक जहाँको त्यही अनि बिचौलिया मोटाउँदै जाने प्रवृत्ति छ । बजारीकरणमा पनि समस्या छ । उखु किसानले तीन वर्षदेखिको भुक्तानी अहिलेसम्म पाएका छैनन् ।

बैंकले देशभर रहेका १२२ ओटै शाखाले कृषकलाई खोज्दै लगानी गरेको छ । सनराइज बैंकले कृषकलाई प्राथमिकतामा राखेर अहिले १२ प्रतिशत लगानी गरेको छ । यो आर्थिक वर्षभित्र १५ प्रतिशत पु¥याउने बैंकको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्