मेगा बैंकलाई ‘बैंक अफ दि इयर’ अवार्ड

काठमाडौं , मंसिर १३ । “दि बैंकर” ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका १ हजार भन्दा बढी बैंकहरु मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनोट गरी बैंक अफ दि इयर पुरस्कारबाट प्रत्येक वर्ष सम्मानित गर्दै आएको छ ।

यसैबीच बेलायतको “दि बैंकर” ले सन् २०१९ का लागि मेगा बैंकलाई ‘बैंक अफ दि एयर २०१९, बाट सम्मानित गरेको छ । योसंगै मेगा बैंक नेपाल सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ ।

लण्डनमा बिहीबार आयोजित एक समारोहबीच मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह तथा प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले “बैंक अफ दि एयर, २०१९” को सम्मान ग्रहण गरे ।


यता सम्मान ग्रहण गरेपछि मेगा बैंकका अध्यक्ष शाहले यसबाट थप हौसला मिलेको बताउँदै आगामी दिनमा पनि सफलको अपेक्षा गरेको उल्लेख गरे ।

यसैगरी, मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीले ९ वर्षको छोटो सञ्चालन अवधिमै गुणस्तरीय बैंकिङ सेवा प्रदान गरेर प्रतिस्पर्धाको अग्रपंक्तिमा रहन सफल भएकै कारण मेगा बैंकले ‘बैंक अफ दि एयर, २०१९’ को उपाधि हासिल गरेको बताइन् ।

आगामी दिनमा बैंकलाई थप सबल र समृद्ध बनाउने प्रतिबद्धता समेत उनले व्यक्त गरिन् । अवार्डबाट अघि बढ्न थप हौसला र उर्जा मिलेको उनको भनाइ रहेको थियो ।


सबैको निरन्तर साथ र सहयोग रही रहने विश्वास प्रकट गर्दै आगामी दिनहरुमा समेत उत्कृष्ट सेवा प्रदान गर्न मेगा बैंक सदैब कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरिन् ।

तीब्रगतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकका १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु तथा २,५०० भन्दा अधिक मेगा रेमिटका प्रतिनिधिहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्