लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता
काठमाडौं, १३ मंसिर । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. र धुम्बाराही, काठमाडौं स्थित ह्याम्स हस्पिटलबीच आज नगदरहित उपचार सम्झौता भएको छ । सम्झौता अनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमाको सुबिधा लिने ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गरेमा बीमालेखले भ्याएसम्मको उपचार बापतको रकम इन्स्योरेन्सले सिधै हस्पिटललाई भुक्तानी दिनेछ ।
यसबाट इन्स्योरेन्सका ग्राहकहरुले रकम अभावमा उपचारबाट बञ्चित हुनु नपर्ने साथै हस्पिटललाई रकम भुक्तानी गरिरहनु नपर्ने भएकोले त्यसबाट ग्राहकहरुलाई निकै राहत मिल्नेछ ।
सम्झौतामा कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ र हस्पिटलका तर्फबाट चिफ अपरेटिङ अफिसरसची रेग्मीले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्