माल्दिभ्सविरुद्ध नेपालको सहज जित
काठमाडौं, मंसिर १३ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको माल्दिभ्सविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल ’ए’ टिमले सहज जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १ सय ७ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।
माल्दिभ्सका हमद आजमले सर्वा्िधक २६ रन बनाए । यस्तै एडम उमरले अविजित २१ रनको योगदान गरे । नेपालका बिक्रम सोब, तिलक राज भण्डारी र मन्जित श्रेष्ठले समान २र२ विकेट लिए । यस्तै शेर मल्ल १ विकेट हात पारे । यस अघि पहिले ब्याटिङ गरेको नेपालले निर्धा्िरत २० ओभरमा ३ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।
नेपालको ठुलो स्कोरमा कप्तान शरद भेषवाकर र प्रदीप ऐरीले अर्धशतकीय इनिङ्स खेले । ४२ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा शरदले ८४ रन बनाए । यस्तै प्रदीपले ३६ बलमा ३ चौका सहित ६८ रन बनाए । त्यस्तै दिलिप नाथले २७ र अमित श्रेष्ठले २५ रन जोडे ।
बिहिबार भएको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४९ रनले पराजित गरेको थियो । माल्दिभ्सविरुद्ध नेपालको ’ए’ टिममा साग टिम बाहिर रहेका खेलाडी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्