ग्लोबल आइएमई क्यापिटलले साधना लघुवित्तको शेयर विक्री प्रबन्धकको काम गर्ने

काठमाडौं, मंसिर १२ । ग्लोबल आइएमई क्यापिटलले साधना लघुवित्तको शेयर विक्री प्रबन्धकको काम गर्ने भएको छ । आज ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल तथा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेलेएक समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएकोछ ।

गोरखा जिल्लाको सदरमुकाम गोरखाबजारको हरमटारीस्थित केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि. ले तनहुँ जिल्लाको डुम्रेमारहेको आर्थिक सम्वृद्धि लघुवित्त वित्तीय संस्थालाईहालै मात्र प्राप्ती (एक्विजिसन) गरेर घ वर्गको लघुवित्त संस्थाहरुमा मर्जर÷एक्विजिसन गर्ने पहिलो लघुवित्त वित्तीय संस्थाको रुपमा दर्ज भएको छ भने एक्विजिसन पश्चात् हालै मात्र साधना लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा ईजाजतपत्र समेत प्रदान गरेको छ ।

हाल १४ करोड ७० लाख चुक्ता पूँजी रहेको साधारण शेयर निष्कासन पश्चात्जारी तथा चुक्ता पुँजी रु. २१ करोड पुग्ने छ ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साधना लघु वित्त वित्तीय संस्था लिमिटेडका बीच ६ लाख ३० हजार कित्ता साधारण शेयर प्रति कित्ता रु.१ सय को दरले हुने कुल रकम रु.६ करोड ३० लाख निष्कासन तथा विक्री गर्ने सम्बन्धमा पनि जानकारी दिएको छ ।

हाल १४ करोड ७० लाख चुक्ता पूँजी रहेको साधारण शेयर निष्कासन पश्चात्जारी तथा चुक्ता पुँजी रु. २१ करोड पुग्ने छ ।



प्रतिक्रिया दिनुहोस्