आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त
काठमाडौं, ११ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।
रेग्मीलाई आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले यहि मंसीर १० गतेदेखि लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्ती गरेका हो ।
स्नातकोत्तर तह उतिर्ण गरी विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि. (हाल सनराईज क्याटिलमा) २ बर्ष, युनाईटेड इन्स्योरेनस कम्पनी (नेपाल) लिमिटेडमा ७ बर्ष, सगरमाथा इन्स्योरेन्स लिामिटेडमा ८ बर्ष, सिद्धार्थ डेभलपमेण्ट बैंक लि. (हाल जनता बैंक लि.) मा ६ बर्ष र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडमा ४ बर्ष कार्य गरेको लामो अनुभव रहेको छ ।
बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले उक्त क्षेत्रको शुच्छम अध्ययन गरी सहायक स्तरबाट आफनो सेवा शुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दै निरन्तर कर्ममा विश्वास गर्ने व्यक्तिको रुपमा आफूलाई स्थापित गर्दै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्