साग महिला भलिबलः नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गर्यो
काठमाडौं , मंसिर ११ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपाली महिला भलिबल टोलीले सुखद सुरुआत गरेको छ ।
बुधबार भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा राम्रो सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित कबर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट २५-९ मा जितेको थियो । त्यस्तै दोस्रो सेटमा २५(९ को जित निकालेको नेपालले अन्तिम सेटमा २५-११ को जित निकाल्न सफल भएको हो ।
नेपालका लागि आजको खेलमा उषा भण्डारीले राष्ट्रिय टोलीका लागि डेब्यू गरेकी छन् ।जितसँगै समूह ‘ए’ मा नेपालले दुई अंक जोडेको छ । नेपाल सेमिफाइनल नजिक पुगेको छ । अब नेपालले बिहीबार समूह चरणको अन्तिम खेलमा भारतको सामना गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्