उपचुनाव बहिस्कार अभियान चलाउने चार जना पक्राउ

काठमाडौं, मंसिर ११ । सल्यानमा उपचुनाव बहिस्कार अभियान चलाउने चार जना पक्राउ परेका छन् । मंसिर १४ गते हुन लागेको उपचुनाव बहिस्कारको आन्दोलन घोषणा गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका चारजना नेता कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कर्णाली प्रदेश इन्चार्ज एवं पोलिटब्यूरो सदस्य ६० वर्षीय चक्रपाणि शर्मा, जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज ४२ वर्षीय दिपक बहादुर शाही, जिल्ला सचिव ६८ वर्षीय चक्र बहादुर शाह र जिल्ला सदस्य ३८ वर्षीय हिरालाल गोसाई रहेका प्रहरीले जनाएको छ ।

जिल्लाको कुमाख गाउँपालिका–५, बल्लेमा चुनाव बहिस्कारको पर्चा वितरण गरिरहेको अवस्थामा घटनास्थलबाटै उनीहरुलाइ गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए ।

उनीहरूको साथबाट ‘संसदीय उपचुनाव बहिष्कार गरौं, संघीय गणतन्त्रको दिशामा अघि बढौंँ’ भन्ने नारा लेखिएको पर्चा भेटिएको डीएसपी खतिवडाले बतए ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रशासन कार्यालयले बुधवार ७ दिनको म्याद थप गरी अनुसन्धान थालेको प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्