सरकारले गर्यो महिला भलिबल टिमलाई नगद सहिद सम्मान

काठमाडौं, मंसिर १० । सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई नगदसहित सम्मान गरेको छ ।

राजधानीमा मंगलबार एक कार्यक्रमकाबीच सरकारले भलिबल टिमलाई जनही ३र३ लाख नगदले सम्मान गरेको हो । बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै ऐतिहासिक सफलता प्राप्त गरेपछि सरकारले भलिबल टिमलाई सम्मान गरेको हो ।

खेलाडीलाई अर्थमन्त्री युवराज खतिवडा र खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले संयुक्त रूपमा सम्मान गरे ।

बंगलादेशमा ऐतिहासिक उपाधि जितेपछि सरकारले नेपाली टिमलाई जनही ३ लाखले पुरस्कृत गर्ने घोषणा गरेको थियो । गत कात्तिक २८ गते भएको फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले पहिलो ऐतिहासिक अन्तराष्ट्रिय उपाधि जितेको थियो ।

महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो । यस अघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो ।

प्रतिक्रिया दिनुहोस्