प्रभु बैंकको साधारण सभा आज, १६ प्रतिशत बोनस पारित गर्दै
काठमाडौं ६, मंसिर । प्रभु बैंकको साधारण सभा बैंककै केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आज शुक्रबार दिउँसो २ बजे सुरु हुँदैछ । १६% बोनस सेयर र कर तिर्न ०।८४२५ नगद लाभांश वितरण गर्ने एजेन्डा रहेको छ । यसैगरी, सेयर संरचना परिवर्तन गरी संस्थापक र सर्वसाधारण हिस्सा ५१ः४९ अनुपात कायम गर्ने प्रस्ताव पनि छ । बैंकले संस्थापक हिस्सा ५५% बाट घटाएर ५१% बनाउन लागेको छ ।
बैंकले सेयर ब्रोकरको काम गर्न सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गर्ने गरी प्रबन्धपत्र तथा नियमावली समेत संशोधन गर्दैछ । त्यसैगरि अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा गर्ने उदेश्यको लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । प्रभुले साधारण सभा गर्न कात्तिक २६ गतेदेखि मंसिर ६ गते सम्म बुक क्लोज गरेको छ । कात्तिक २५ गतेसम्म कायम रहने सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको हाल कायम ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७०६ रुपैयाँ चुक्ता पुँजीबाट १६% बोनस सेयर लाभांशका रुपमा वितरण गर्न लागेको हो । बोनस वितरणपछि बैंकको पुँजी १० अर्ब ३१ करोड ५५ लाख २ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्