प्रदेश प्रमुख नियुक्ति गर्न सरकारलाई आयोगको पुनः आग्रह
काठमाडौं । निर्वाचन आयोगले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारलाई पुनः आग्रह गरेको छ । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुँदैछ । र, निर्वाचन कार्य तालिका समेत प्रकाशित भइसकेको छ ।
प्रदेशसभाको प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको नतिजा प्रदेश प्रमुख समक्ष बुझाउनु पर्ने व्यवस्था रहेको छ । त्यसैले आयोगले प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई आग्रह गरेको हो ।
आयोगका सह–सचिव एवं प्रवक्ता नवराज ढकालले निर्वाचन प्रक्रियामा प्रभाव पर्न सक्ने सम्भावना देखिएकाले सरकारलाई प्रदेश प्रमुख नियुक्ति गर्न आग्रह गरिएको बताए ।
उनका अनुसार शुक्रबार आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार प्रदेश प्रमुख नियुक्ति गर्न सरकारलाई आग्रह गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्