एफआईकेके पहिलो सेमिनार तथा राष्ट्रब्यापी क्योशिनकाई कराते प्रतियोगिता हुँदै

काठमाडौं । दोस्रो राष्ट्रब्यापी क्योशिनकाई कराते प्रतियोगिता २०७६ तथा नेपाल फेडरेसन ईन्टरनेश्नल कराते क्योकुशिनकाई (एफआईकेके) पहिलो सेमिनार हुने भएको छ ।
नेपाल फेडरेसन ईन्टरनेश्नल कराते क्योकुशिनकाई डोजो छम्पिको आयोजनामा आगामी पुष १ देखि ३ गतेसम्म विनडो हिल रेस्टुरेन्ट छयासिकोट ललितपुरमा एफआईकेके सेमिनार हुने भएका हो ।
त्यसतै पुस ४ र ५ गते छम्पी डोजोले छम्पी खेल मैदानमा प्रतियोगिताको आयोजाना हुने दोस्रो राष्ट्रब्यापी क्योशिनकाई कराते प्रतियोगिता २०७६ आयोजनासमेत पत्रकार सम्मेलनमा जानकारी दियो ।
प्रतियागितामा भाग लिन भारत, बंगलादेश, श्रीलंका, अष्ट्रेलीया, ट्युुनिशिया,अमेरिका, पाकिस्थान, कंगो लगायत १० राष्ट्रका खेलाडीहरु यस प्रतियोगितामा सहभागि हुने आयोजकले जनाएको छ । यस्तै छम्पीमा हुने प्रतियोगितामा सातै प्रदेशबाट २५० भन्दा बढी प्रतियोगी सहभागी हुनेछन् ।
विश्वभरका १० राष्ट्रबाट प्रतियागितामा भाग लिन आउने र खेलाडीले विभिन्न उमेर तौल समुहका खेलाडीको सहभागी हुने कराते संघका अध्यक्ष लाक्पा शेर्पाले जनकारी दिए ।
संघले भिजिङ नेपाल २०२० लाई लक्षित गरि प्रतियोगिता गर्ने लागेको बताउँदै अध्यक्ष शेर्पाले नेपालमा दोश्रो प्रतियोगिता भएको र पहिलो कार्यक्रम गत असोजमा काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सम्पन्न गरि सकेको छ ।
यस्तै संघले खेल क्षेत्र मात्र नभई विविध सामाजिक क्षेत्रमा पनि काम गरिरहेको संघका केन्द्रीय सचिव विक्रम महर्जनले बताए ।
यस प्रतियोगितामा १० वर्षदेखि वा २५ किलो, ३० किलो, ३५ किलो, ४० किलो, ४५ किलो, ५० किलो ५५ किलो ६० देखिखुल्ला रुपमा खेलाडिले भागलीन पाउने छन् ।
करिब १२ लाखको लागतमा हुने यस प्रगियोगितालाई विभिन्न संघ÷संस्था तथा व्यक्तिहरुको सहयोग रहेको छ ।
एफआईकेके केन्द्रबाट नेपालका लागि व्याक्लक वेल्ट फाइभ डन सिहान महेन्द्र मर्जहनलाई नेपालको शाखा प्रमुखमा नियुक्त गरिएको हो । एफआईकेकेको स्थापना सन् २०१८ मा इटालिमा कराँतेका जन्मदाता एवं महान गुरु इटालीका कान्चो रिकार्डो भिल्लाले गरेका हुन् । यो नेपालको लागि पहिलो अभ्यास भएको नेपाल शाखा प्रमुख महर्जनले बताए ।
सेमिनारमा एफआईकेकेका जन्मदाता एवं महान गुरु इटालीका कान्चो रिकार्डो भिल्लाको उपस्थितिमा समेत हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्