सोल्टी होटलले दिने भयो २६ प्रतिशत लाभाशं

काठमाडौं , मंसिर ३ । सोल्टी होटलले २६ प्रतिशत लाभाश दिने भएको छ । होटल सोल्टीले आफ्ना शेयरधनीलाई २६ प्रतिशत बढी लाभाशं दिने भएको हो ।

कम्पनीले १५ प्रतिशत बोनस शेयर र ११.३१ प्रतिशत नगद लाभाशं घोषणा गर्दै पुष २४ गते साधारण सभाको मिति तय गरेको छ । मंसिर २४ गतेसम्म कम्पनीको शेयर खरिद गर्नेले लाभाशं पाउनेछन् ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने जनाएपको छ ।

आगामी साधारण सभाले लाभाशंप्रस्ताव पारित गरेपछि कम्पनीका शेयरधनीले ८ करोड २९ लाख रुपैयाँ नगद लाभाशंपाउने छन् भने एक करोड ९ लाख ९० हजार कित्ता बोनस शेयर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्