नेपाल बंगलादेशसँग आठ विकेटल पराजित

काठमाडौं , मंसिर २ । एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

सोमबार भएको खेलमा नेपाल बंगलादेशको यू(२३ टिमसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरको हो ।

बंगलादेशको लागि नजमोल हुसेनले अविजित रहदै ५९ रनको अर्धशतकीय पारी खेले । यस्तै मोहमद नाइमले ४५ तथा यासिर अलीले अविजित १८ रन बनाए । नेपालका सुशन भारी र करण केसीले एक(एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १३८ रन बनाएको थियो ।

नेपालले सुरुआती १७ ओभरको खेल सकिँदा नेपालले ४ विकेट गुमाएर मात्र ५३ रन बनाएको थियो । नेपालले आफ्नो पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १० रनमा गुमाएमको थियो । नेपालले दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई २२ रनमा गुमाउँदा तेस्रो विकेटको रुपमा शरद भेषवाकरलाई १ रनमा गुमाएको थियो ।

दिपेन्द्र ऐरी ६ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामीले सर्वा्िधक ३८ रनको योगदान गरेका थिए । त्यस्तै करण केसीले १८ रन जोड्दा आरिफ शेखले ११ रन बनाउँनु बाहेक अन्य ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ बंगलादेशका लागि सुमोन खान र सायद अविदिनले समान तीन–तीन विकेट लिए । त्यस्तै तनविर स्लाम र महदी हसनले समान दुई(दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्