फूटसल फेस्ट’ मा छात्रातर्फ बास्केटबलमा एलआरआई विद्यालय प्रथम

काठमाडौँ, कात्तिक ३० । काठमाडौँको कलङ्कीस्थित लर्निङ् रियल्म इन्टरनेशन (एलआरआई) ले विद्यालयले आयोजना गरेको ‘एलआरआई इन्टर स्कूल बास्केटबल एण्ड फूटसल फेस्ट’ मा छात्रातर्m बास्केटबलमा एलआरआई विद्यालय प्रथम भएको छ ।


यही कात्तिक २४ गतेदेखि शुरु भएको उक्त फेस्टको आज भएको फाइनल खेलमा एलआरआईले डल्लुस्थित स्वर्णिम स्कुललाई २२ का बिरुद्ध ३७ अङ्कले पराजित गरेको हो । त्यसैगरी छात्रतर्फ खेलमा हात्तीगौडास्थित टीआइए स्कुल प्रथम र स्युचाटास्थित रेडियन्ट पब्लिक बोर्डिङ स्कुल दोस्रो भएका छन् । ४५ अङ्कका बिरुद्ध ४८ अङ्क ल्याई टीआइए विजेता बनेको हो ।


फुटसलमा हात्तीवनस्थित लिट्टल एन्जेल्स स्कुलले बाफलस्थित ग्रीनपिल्ड नेशनल स्कुललाई ३ का बिरुद्ध ६ गोल गरी प्रथम भएको हो । काठमाडौँ उपत्यकाका १८ संस्थागत विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा विजेता विद्यालय तथा विद्यार्थीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।


सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटका प्रिन्सिपल रुपक राजबंशीले पुरस्कार प्रदान गर्दै विद्यालयले गुणस्तरीय शैक्षिक गतिविधिका साथै यस्ता खेलकुद, अतिरिक्त क्रियाकलापले विद्यार्थीमा शारीरिक, मानसिक विकासका साथै विभिन्न विद्यालयका विद्यार्थीकाबीच सदभाव, मित्रता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।


एलआरआइका अध्यक्ष शिवराज पन्तले विद्यालयले विभिन्न गतिविधिमार्फत शैक्षिक उन्नयनका कार्य गरिरहेकाले प्रत्येक वर्ष शैक्षिक क्षेत्रको विकासमा योगदान पुगिरहेको बताउनुभयो । उहाँले अबका विद्यार्थीलाई विद्यालयले अन्तरराष्ट्रिय तहको शिक्षाकासाथै व्यवसायिक सिपयुक्त जीवनपयोगी शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।


सोही विद्यालयका प्राचार्य डा देवकान्त जोशीले विद्यार्थीलाई पाठ्यक्रमकासाथै अतिरिक्त क्रियाकलाप, नृत्य, सङ्गित, खेलकुदजस्ता विषयमा समेत सिकाइँदै आएको जानकारी गराउनुभयो ।

महानगरभित्र निजी (संस्थागत) ६४४ विद्यालय तथा सरकारी (सामुदायिक) ९१ गरी ७३५ विद्यालय सञ्चालनमा रहेको जानकारी दिँदै यी सबै विद्यालयमा करीब दुई लाख विद्यार्थी अध्ययनरत रहेको आफ्नो संस्थासँग अभिलेख रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्