मिचिएको भूमि कुनै पनि हालतमा फिर्ता गर्छौं , एक इन्च पनि छोड्दैनौँः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं, कात्तिक । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिचिएको नेपाली भुमी कुनै पनि हालतमा फिर्ता ल्याउने दाबि गरेका छन् ।
मन्त्री ज्ञवालीले नेपाली जनताको चित्त दुखाएर छिमेकीसँग मित्रता कायम रहन नसक्ने बताए ्।
नेपालको एक इन्च भूमि नछोड्ने बताउँदै उनले भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो भएको उल्लेख गरेकोप्रति आपत्ति जनाउँदै उनले
भने, ’यी भूभाग नेपालका हुन्। फिर्ता भएरै छाड्छ। यसको लागि कूटनीतिक पहल भइरहेको छ।’
०१५ सालमा त्यही ठाउँमा चुनाव भएको, त्यहाँका जनताले भोट हालेको, ०१८ सालमा गणना भएको, त्यहाँका मान्छेले नाम लेखाएको र १९९७ सालमा बैतडी गौडामा आएर तिरो तिरेका रसिदहरु हामीसँग सुरक्षित छन्। सीमा दाबीका लागि हामीहरूलाई योभन्दा ठूलो प्रमाण अरू नचाहिने मन्त्री ज्ञवालीको भनाइ छ।
मिचिएको भूमि फिर्ता गराएरै छाड्छौँ ’यो सरकारप्रति विश्वस्त रहनुस्’ उनले भने, ’कुनै अन्यथा हुन्छ कि, यो मुद्दा सरकारले बीचमै छोड्छकी, विस्तारै सेलाउँदै जान्छ कि भनेर चिन्ता नगर्नुस्। सरकारको पहिलो काम भूमि र त्यहाँको रक्षा गर्ने हो। यी दुईवटा काम पूरा गर्न सरकार प्रतिवद्ध छ।’ हिजो नेपाली जनता राष्ट्रियताको नाममा लडे पनि सरकारले दह्रो गरी कुरा राख्न र बोल्न नसक्ने गरेको उनको उनको भनाइ थियो। तर, आजको सरकार जनताका भावना बोक्ने सरकार भएको उनको दाबी छ।
नेपाली जनताको भावनालाई बुझेर सरकारले छिमेकी मुलुसँगको मित्रतालाई अगाडि बढाउने उनले बताए। महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको शनिबार तानसेनमा लोकार्पण गर्दै उनले यस्तो बताएका हुन्। ’छिमेकी मित्रले बुझ्न जरुरी छ’ मन्त्री ज्ञवालीले भने, ’मित्रताको नाममा अधिकारलाई छाड्न सकिँदैन। मित्रता र अधिकार सँगसँगै अगाडि बढ्छ उनले । भने ।
भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेसंगै यसको विरोध स्वरुप प्रदर्शन भइरहेको छ । विभिन्न नेताका दलले आ आफ्नो तर्कवितर्क दिरहेका छन् । विभिन्न विद्यार्थीसंगठनले काठमाडौंका सडकमा दिनहुँ प्रर्दशन गरिरहेका छन् । यस विषयमा सरकार अझे मानौ रहेको पनि विषक्षीदल नेपाली कांग्रेसले आरोप पनि लगाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्