विमल सहित राष्ट्रिय फुटबल टिमका चार खेलाडी कारबाहीमा

काठमाडौं , कात्तिक । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कारबाही गरेको छ ।

एन्फाले विश्वकप छनोटको होम खेलमा कुवेतसँग खेल्ने टिममा रहेका विमल घर्तिमगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई कारबाही गरेको हो ।

चार खेलाडी शुक्रबार राति ठमेलस्थि लाउन्च वारमा गएको भेटिएपछि कारबाही गरिएको एन्फाले जनाएको छ ।

अब यि खेलाडी कारबाहीमा परेसंगै विश्वकप छनोटको कुवेतविरुद्ध खेल्न पाउने छैनन् ।

यसअघि समेत विमलसहित राष्ट्रिय टिमको खेलाडी बन्द प्रशिक्षणमा रहेको समय रातको समयमा डिस्कोमा गएर अनुशासनहिन कार्य गरेको भेटिएको थियो ।

चार जना खेलाडीलाई भुटान जाने टिमबाट निकालिएको छ । करबाहीको विषय भने एन्फाले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्