हिमालयन बैंकको लाभांश बढ्यो, काति पुग्यो ?

काठमाडौं, कात्तिक २८ । गत वर्ष भन्दा यस आर्थिक वर्ष हिमालयन बैंकको लाभांश बढेको छ । बैंकले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशत धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेसंगै लाभाशं बढेको हो ।

बैंकले २२ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक २८ गते सम्पन्न ३७७ औं बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।


हिमालयन बैंकले गत आर्थिक वर्ष २०७५र०७६ मा २ अर्ब २ करोड २४ लाख रुपैयाँ बराबरको लाभांश क्षमता (२३ प्रतिशत) बनाएको थियो। यसअनुसार बैंकले लाभांश क्षमताको नजिक बिन्दुमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।


यसैगरि ८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ पुगेको थियो भने वार्षिक प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४१ पैसा कायम भएको थियो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्