कृषि सामाग्री जनकपुरका प्रबन्धक र वरिष्ठ सहायकसहित २ जना अख्तियारको नियन्त्रणमा

काठमाडौं , कात्तिक २७ । । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखाका प्रबन्धक र वरिष्ठ सहायकलाई स्रोत नखुलेको ६८ हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरमा बिक्री नभई बाँकी रहेको विभिन्न जातका धानहरु लिलाम बिक्री प्रक्रियामा अनियमितता गरेको भन्ने उजुरीको आधारमा छानविन गर्दा उनीहरुलाई अख्तियारले समातेको हो ।


स्टोर किपर वरिष्ठ सहायक रामबाबु महतोको कार्यकक्षबाट स्रोत नखुलेको ६८ हजार रकम भेटिएपछि शाखा प्रबन्धक आलोक कुमारसहित महतोलाई पनि नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।


दुवै जनालाई मंगलबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रवक्ता कोइरालाले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्