रिया मनि ट्रान्स्सफर युके मार्फत नेपाल पैसा पठाउदा इन्द्रराज शेरचनले जिते र्दुइ गुणाबढी रकम

काठमाडौं , कात्तिक २७ । रिया मनि ट्रान्स्सफर युके मार्फत नेपाल पैसा पठाउदा इन्द्रराज शेरचनले र्दुइ गुणाबढी रकम जितेका छन् ।

सेवाग्राही इन्द्रराज शेरचनले दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता घोषित भएका हुन् ।

शेरचन सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत विजेता घोषित भएका हुन् । सेवाग्राहीले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए ।
उनले युके स्थित रिया मनि ट्रान्स्सफर मार्फत रु ५०,१३७र( नेपालमा पैसा पठाएका थिए र जसको दुई गुणा हुन आउने रकम रु १००,२७४र( जितेका छन् ।


पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा उनका आफन्त चेलीमाया गौचनले ग्रहण गरेकी छन् ।

साथै आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९) कूल ७७ दिनसम्म कायम रहनेछ ।

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्