कुमारी बैंकद्वारा विद्यालयलाई एक लाख बराबरको सहयोग
काठमाडौं, कात्तिक २७ । कुमारी बैंकले ललितपुरको लामाटारस्थित रहेको श्री ज्ञान ज्योति आधारभूत विद्यालयलाई सहयोग गरेको छ ।
बैंकले विपन्नवर्गका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्देश्यका साथ सहयोग गरेको हो ।
बैंकले विद्यालयलाई एक लाख बराबरका शैक्षिक सामाग्री, न्यानो ट्रयाक सुट, टिफिन बक्स तथा स्कुल ब्यागहरू हस्तान्तरण गरेको छ ।
बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक विष्णु भन्डारीलाई एक लाख बराबरको चेक हस्तान्तरण गरेका थिए ।
उक्त हस्तान्तरण समारोहमा महालक्ष्मी न. पा. वडा–९ का अध्यक्ष वासुदेव गौतम, कुमारी बैंकका कर्मचारीहरु, विद्यालयका कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता थियो ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण तथा सम्पदा लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
गुणस्तरीय शिक्षामा टेवा पुर्याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले सहयोग रिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्