आफन्तबाटै किशोरी बेचिइन् १० हजार भारुमा , आरोपमा एक महिला पक्राउ
काठमाडौं , कात्तिक २७ । एक किशोरी आफन्तबाटै १० हजार भारुमा बेचिएकी छन् । १५ वर्षीया बालिकालाई भारतको कोठीमा बेचेको आरोपमा प्रहरीले एक महिला पक्राउ समेत गरिसकेको छ ।
पक्राउ पर्नेमा ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले बुढानिलकण्ठ नगरपालिका, देउवा चोकबाट बुधबार दिउँसो पक्राउ गरेको हो ।
तामाङले १० हजार रुपैयाँ भारुमा भारतको मधुन भन्ने स्थानको कोठीमा बेचेको अनुसन्धानका क्रममा खुलेको छ ।
कोठी सञ्चालकले एक महिना कोठामा बन्धक बनाएर युवती बनाउन प्रयोग गरिने सुई र औषधि प्रयोग गरेको खुलेको ब्युरोका एसपी गोविन्द थपलियाले बताए ।
उनका अनुसार पक्राउ परेकी तामाङमाथि मानव बेचबिनखन तथा ओसारपासार ऐन अन्तरगत म्याद थप गरेर अनुसन्धान थालिनेछ । यस्ता थुर्पै नेपाली चेली भारत तथा अन्य देशमा गएर बेचिने गरेका छन् । कतिपय बालबालीका तथा नेपली चेलीको अवस्था नै कठिन छ ।
विभिन्न सहयो तथा माध्यम बाट कोहिको उद्दार हुन्छ भने कोहि कोठीमै पिडा सहेर बस्न बाध्य छन् । पछिल्लो समय चेलीबेटीबेचबीखन हुने क्रम बढ्दै जान थालेको छ ।
प्रतिक्रिया दिनुहोस्