प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपतिबीच भेटवार्ता
काठमाडौं, कत्तिक २७ । चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भेटवार्ता भएको छ ।
काठमाडौंको मेरियट होटलमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत सहभागी छन् ।
मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदले बुधबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग पनि भेट गरेका छन् ।
पानीपोखरीस्थित होटल मेरियटमा बुधबार दिउँसो राष्ट्रपति हमिद र सभापति देउवाबीच भेटवार्ता भएको हो। भेटमा नेपाल र बंगलादेशबीचको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल भएको देउवाले बताएका छन्।
देउवाले भनेका छन्, ‘बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदजीलाई नेपालमा न्यायो स्वागत। उहाँसँग भएको भेटवार्तामा नेपाल र बंगलादेशबीचको सम्वन्ध थप मजबुत बनाउनेलगायतका विषयमा छलफल भयो। उहाँको नेपाल बसाई सुखद रहोस्।’
प्रतिक्रिया दिनुहोस्