युरो छनौट खेलमा लाग्यो इङ्ल्याण्डका फरवार्ड रहिमलाई प्रतिवन्ध, कारण यस्तो छ
काठमाडौं , कात्तिक २६ । इङ्ल्याण्ड फरवार्ड रहिम स्टर्लिङले युरो छनोटको खेल खेल्न नपाउने भएका छन् ।
इङल्याण्डले आगामी बिहिबार युरो छनोट अन्तर्गत घरेलु मैदान वेम्वलीमा मोन्टेनेग्रोविरुद्वको खेलमा रहिम स्टर्लिङलाई समावेस नगराउने निर्णय गरेको प्रशिक्षक ग्यारेथ साउथगेटले बताए ।
इङल्याण्डको फुटबल संघले प्रिमियर लिग फुटबलमा लिभरपुलका जोए गोमजसँग स्टर्लिङले गरेको व्यवहारलाई लिएर उनलाई टिममा सहभागी नगराएको जनाएको छ ।
२४ वर्षका म्यान्चेष्टर सिटीका खेलाडी स्टर्लिङले एनफिल्ड मैदानमा लिभरपुल तथा इङ्ल्याण्डका डिफेन्डर जोए गोमेजसँग विवाद गरेका थिए ।
उक्त खेलमा एनफिल्ड क्लब लिभरपुलले ३–१ को जित हासिल गरेको थियो । बिहिबार हुने खेलमा जित हासिल गरेमा इङ्ल्याण्ड युरो कपमा छनोट हुनेछ ।
युरो छनोट अन्तर्गत समूह ‘ए’मा इङ्ल्याण्ड शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानको चेक रिपब्लिकसँग तीन अंकको अग्रता लिएको छ ।
इङ्ल्याण्डले युरो छनोटको अन्तिम खेल नोभेम्बर १७ मा कोसोभोविरुद्व खेल्नेछ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्