भारतविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने विप्लवका २० कार्यकर्ता पक्राउ, प्रहरीको धरपकड

२४ कात्तिक, काठमाडौं । काठमाडौंको माइतीघरमा भारतविरुद्ध प्रदर्शन गर्ने विप्लवका २० जना कार्यकर्ता पक्राउ परेका छन् ।

भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा प्रदर्शमा उत्रिएका नेत्र विक्रम चन्द्र (विप्लव)का २० जना विद्यार्थी नेतालाई पक्राउ गरिएको हो ।


पार्टी महासचिव विप्लवले २० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै भारतले गरेको नेपालमाथिको हस्तक्षेपको विरोध गर्ने जनाएका थिए । पूर्वघोषित कार्यतालिका अनुसार आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।


अहिलेसम्म २० जना पक्राउ परेका र यो संख्या अझै बढ्न सक्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।


पक्राउ परेकालाई महागनरीय प्रहरी वृत्त, सिंहदारबार र नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा राखिएको सुवेदीले बताए ।

विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि २८ फागनु २०७५ मा प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको थियो । त्यसता पहिलो पटक विप्लव समूहका कार्यकर्ता सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।


भारतको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग मिचिएपछि केहि दि यता विरोध प्रदर्शन अहिले पनि जारी रहेको छ ।

भारतविरोधी प्रदर्शनमा विशेष गरेर राजनीतिक दलसँग आबद्ध रहेका विद्यार्थी संगठनहरु सक्रिय देखिएका छन् ।

आइतबार पनि विभिन्न विद्यार्थी संगठनहरुले राजधानीका सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।

यही क्रममा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपासम्बन्ध अखिल क्रान्तिकारीले पनि विरोध प्रदर्शन गरेको छ ।

भारतले अतिक्रमित नेपाली भूमि फिर्ता गर्नुपर्ने भन्दै उनीहरुले चर्को नाराबाजी गरेका थिए ।यस क्रममा प्रहरीले विरोध प्रदर्शनमा उत्रिएका केहीलाई धरपकड समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्