नेशनल लाईफ इन्स्योरेन्स कं. लि. को३१ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, कात्तिक २४ । नेशनल लाईफ इन्स्योरेन्स कं. लि. को३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीको घज्ञ औं वार्षिक साधारण सभा आज एक कार्यक्रमकाबीच सफलतापूर्वक सम्पन्न भएको हो । सो साधारण सभामा कम्पनी अध्यक्ष प्रेमा सिंहले आ.व.द्दण्ठद्ध÷ण्ठछ मा कम्पनीले सन्तोषजनक प्रगति गरेको बताएकी थिईन ।
साथै उनले सो वर्ष कूल रु. टद्धद्ध।ठट करोड बीमाशुल्क संकलन भएको र रु. द्दण्छ करोड कूल दावी भुक्तानी गरेको एवम् रु.द्धठ करोडको खुद मुनाफा आर्जन गरेको सभामा अवगत गराएकी थिईन ।
यसै गरी आ.व.द्दण्ठद्ध÷ण्ठछ को अन्त सम्ममा कम्पनीको कुल लगानी द्दघ।छद्ध प्रतिशतले बृद्धि भई रु.द्द,ण्ढछ करोड पुगेको छ भने कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २४.१६ प्रतिशतले बृद्धि भई द्दण्ठछ असार मसान्त सम्ममा रु. द्दज्ञ अरब ४७ करोड पुगेको सभा मार्फत जानकारी दिएको थियो ।
सभामा अध्यक्षले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र चुक्ता पूँजी रु.३ अरब नाघेको जानकारी गएको थियो । कम्पनीले आ.व.२०७४÷०७५ को बीमाङ्कीय मूल्याङ्कनमा राम्रो प्रगति गरी नाफा सहित जारी गरिएका सबै बीमालेखमा दुई विन्दुले वोनस दर बढाइएको र यसवाट ब्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गरिएको छ । ।
कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएको, शाखा सन्जाल विस्तारमा विशेष ध्यान दिएको र विविध आकर्षक बीमालेखहरु प्रचलनमा ल्याउन प्रयास रहेको अध्यक्षले सभामा उल्लेख गरिन् ।
लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गरी कम्पनीको प्रतिफल बृद्धि गर्ने तर्फ कम्पनीको प्रयास केन्द्रित रहेको परिणाम स्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ९.५८ प्रतिशत पुगेको छ ।
ब्यवसाय विस्तार संगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिएको र सोही अनुसार विपन्न वर्गका लागि बालिका शिक्षा योजना संचालनमा ल्याएको र सो को अतिरिक्त कम्पनीले निशुल्क वृहत स्वास्थ्य शिविर संचालनमा सहयोग पु¥याएको अवगत समेत गराएको थियो ।
३१ औं वार्षिक साधारण सभाले आ.व. २०७४÷०७५ को लागि चुक्ता पूंजीको २.५ प्रतिशत वोनस शेयर जारी गर्ने र हाल कायम रहेको चुक्ता पूँजीमा १२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्ने, वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.घढ,छठ,ज्ञछडरछढ नगद लाभांश प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्