प्रधानमन्त्रीले बोलाएको सर्वपक्षिय छलफलमा भाग लिन नेताहरु बालुवाटारमा , के होला छलफल ?
काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षिय छलफलमा भाग लिन नेताहरू बालुवाटार पुगेका छन्।
भारतले सीमा मिचेका ठाउँबारे छलफल गरी राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत दलहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, सीमाविदहरूलगायतलाई बैठकमा बोलाएका हुन्।
बालुवाटारमा केहीबेरमा सुरू हुने बैठकमा भाग लिन कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापालगायत बालुवाटार पुगिसकेका छन्।
भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालका भूमी लिपुलेक, कालापानीलगायत समावेश भएपछि चर्को विवाद हुँदै आएको छ।
सरकारले यसअघि नै भारतले जारी गरेको राजनीतिक नक्सा अस्वीकार्य रहेको बताएको छ भने भारतीय पक्षले भने आफूहरूले नेपालको भूमी नक्सामा नपारेको दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस्