तिन सय सवारी साधन कारवाहीमा
काठमाडौं, कात्तिक २३ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैँ अवधिभर क्षमता भन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका सवारी साधनलाई कारवाही गरेको छ ।
यसरी लापरवाही गर्ने करिब तीन सय सवारी साधनलाई कारवाही गरी जरिबाना समे असुलेको छ ।
तिहारसम्म क्षमता भन्दा बढी यात्रु बोक्ने, कागजपत्र नहुने, मादकपदार्थ सेवन गरी चलाउने र यात्रुलाई विभिन्न किसिमले दुःखदिने सवारी साधनका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
टाफिक प्रहरीले कारवाहीमार्फत करीब रु तीन लाख राजश्व सङ्कलन गरेको छ । कारवाहीमा परेका साधनमध्ये नौ सवारी चालक मादकपदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो । तिहारमा हेटौंडामा फरकफरक स्थानमा भएका दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको जनाइएको छ। आगामी दिनमा लापरवाही नगर्न सचेत समेत गराएको छ ।
सचेत गराएपनि क्षमता भन्दा बढी यात्रु बोक्ने, बिढि भाडा लिने लगायत विभिन्न प्रकारका अवान्छिद गतिविध भने नियन्त्रण हुन सकेका छैन। अरु समय भन्दा चाडपर्वमा यस्ता सवारी बढी कारवाहमिा पर्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्