टि–ट्वान्टी क्रिकेटः एमसीसीसँग नेपाल ११३ रनले पराजित
काठमाडौं , कात्तिक २३ । टि–ट्वान्टी क्रिकेटमा नेपाली मिक्स क्रिकेट टोली पारजित भएको छ । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्बल (एमसीसी) सँगको खेलमा नेपाल ११३ रनले पराजित भएको हो ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले दिएको १९० रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७६ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि आशिफ शेखले ४ रन बनाए भने कुशल भुर्तेल १४ रन बनाउँदै आउट भए ।
नेपालका लागि अमित श्रेष्ठ १ रन बनाउँदा सन्दीप जोरा १६ रनको योगदान गरे । त्यस्तै कप्तान रोहित कुमार पौडेल ६ रन बनाए । भिम सार्की १३ बनाउँदा कमल सिंह ऐरी रन नबनाएर आउट भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १८९ रन बनाए थियो । सुरुआती दुई ओभरमा एमसीसीले २६ रन बनाएको थियो । चार ओभर सकिँदा एमसीसीले एक विकेट गुमाएर ५६ रन बनाएको थियो ।
एमसीसीका लागि पहिलो विकेटको रुपमा हिल्स हामोन्ड २८ रनमा आउट भए । उनलाई कमल सिंह ऐरीले क्याच आउट गराएका थिए । नेपालले दोस्रो विकेटको रुपमा टोम वस्ट्लीलाई आउट गराएको थियो । १३ रन बनाएका टोमलार्य रसिद खानले क्याच आउट गराएका थिए ।
कप्तान जिम्मी एड्म्सले ५ रन बनाएर रशिद खानले क्याच आउट गराएका थिए । रशिदको बलमा कुशल भुर्तेलले क्याच आउट गराएका थिए । विल रोर्डस १ रनमा पेवेलियन फर्किए । उनलाई जितेन्द्र मुखियाले क्याच आउट गराएका थिए ।
विल्ली गोडलम्यान अर्धशतक बनाएर आउट भए । उनलाई रशिद खानले आफ्नो तेस्रो विकेटको रुपमा ५४ रनमा आउट गराएका थिए । विल भान्डस्पर ४ रन बनाएर आउट भए । सुशान भारीले उनलाई क्याच आउट गराएका थिए । एडी योङलाई ४२ रनमा आउट भए । उनलाई अविनास बोहोराले क्याच आउट गराएका हुन् । आलेक्स थमशनले नट आउट २० रनको योगदान गरे ।
प्रतिक्रिया दिनुहोस्