दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली महिला फुटबल टिमको घोषणा
काठमाण्डौ , कात्तिक २३ । दक्षिण एसियाली खेलकुदका लागि नेपाली महिला फुटबल टिमको घोषणा गरिएको छ । आउँदो दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली महिला फुटबल टोलीको घोषणा गरिएको हो ।
प्रतियोगिता सुरु हुन अझै तीन साताको समय बाँकी रहेको छ । यसै अवस्थामा प्रशिक्षक हरि खड्काले २० सदस्यीय टिमको नामावली सार्वजनिक गरेका हुन् ।
दक्षिण एसियाली खेलकुद डिसेम्बर १ देखि १० तारिखसम्म काठमाण्डौ र पोखरामा आयोजना हुनेछ । महिला फुटबल पोखरामा सञ्चालन हुने बताइएको छ ।
नेपाली टिममा रहेका अधिकांश सदस्य गत वर्ष विराटनगरमा भएको साफ च्याम्पियनसिप खेलेका रहेका छन् ।
नेपाली टिमको टोलीः
गोलकिपर स् एन्जिला तुम्बापो, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर स् गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हीराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बू, पूजा राना
मिडफिल्डर स् रेनुका नगरकोटे, दिपा राई, सरु लिम्बू, इन्दिरा राई, अनिता बस्नेत, मञ्जल कुमारी योञ्जन, विमला चौधरी
फरवार्ड स् सावित्रा भण्डारी, निरु थापा, अनिता केसी
प्रतिक्रिया दिनुहोस्