पीएसएलको ड्राफ्टमा पाँच नेपाली खेलाडीलाई राख्न क्यानको प्रस्ताव

काठमाण्डौ , कात्तिक २२ । नेपाल क्रिकेट संघ क्यानले आईसीसीमार्फत पाँच नेपाली खेलाडीलाई पाकिस्तानको घरेलु टी(२० लिग पीएसएलको ड्राफ्टमा राख्ने व्यवस्था मिलाउन प्रस्ताव गरेको छ ।

करण केसी, पवन सर्राफ, ललितनारायण राजभण्डारी, आरिफ शेख र बिनोद भण्डारीको नाम क्यानले प्रस्ताव गरेको हो । आईसीसीले अब क्यानले प्रस्ताव गरेको पाँच खेलाडीलाई पीएलएलको ड्राफ्टमा राख्न कोशिश गर्नेछ ।

क्यानका अनुसार २०२० को पीएसएलका लागि नेपाली खेलाडीलाई समेत ड्राफ्टमा राख्न आईसीसीमार्फत प्रस्ताव अघि बढाएको हो । क्यानले तीव्र गतिका बलर सोमपाल कामी, अविनाश बोहरा, पूर्व कप्तान पारस खड्का लगायतको नाम भने पठाएको छैन ।

पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी०ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पीएसएल सञ्चालन गर्दै आएको छ । पीएसएलको पाँचौ सिजन अब सन् २०२० मा हुनेछ र यो प्रतियोगिता पाकिस्तानमा नै गर्ने भनेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसअघि नै बताइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्