एनएमबी बैंकको शेयर कारोबार बिहीबारबाट खुल्दै
काठमाडौं, कात्तिक २० । एनएमबी बैंकको शेयर कारोबार बिहीबारबाट खुल्ने भएको छ । एनएमबी बैंकको बुधबार १ करोड ९१ लाख १५ हजार ७९० कित्ता शेयर नेप्सेमा सूचीकृत भएसँगै बिहीबारबाट शेयर कारोबार खुल्ने बैंकले जनाएको छ ।
मर्जरपश्चात बैंकको पहिलो शेयर कारोबारको लागी नेपाल स्टक एक्सचेञ्जले ३५१ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ। सोहि रेञ्जलाई आधार मानेर बिहीबार बैंकको शेयर कारोबार खुल्नेछ।
ओम डेभलपमेन्ट बैंकसँग मर्जरमा जानुअघि बैंकको शेयर प्रतिकित्ता ३८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले असोज ११ गते शनिबारदेखि एनएमबी बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका थिए। एकिकृत कारोबार थालेको झण्डै डेढ महिनापछि बैंकको शेयर कारोबार खुल्ने भएको हो।
एनएमबि र ओम १०० बराबर ७६ अनुपात स्वाप रेशियोमा मर्ज गरेका हुन् । बैंकको ओम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि बिहीबारबाट नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुल्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्