एन आई सी एशिया बैंक र युनियनपेबीच सहकार्यको सुरुवात
काठमाडौं , कात्तिक १९ । एन आई सी एशिया बैंक र युनियनपेबीच सहकार्यको सुरुवात भएको छ ।
एन आई सी एशिया बैंक लिमिटेडले युनियनपे इन्टरनेशनलको सहकार्यमा एनआईसी एसिया युनियनपे भर्चुअल कार्डको प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्रणालीको शुरुवात गरेको हो ।
एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र युनियनपे इन्टरनेशनलका अध्यक्ष चाई जियानबोको आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा युनियनपे भर्चुअल कार्डको सुरुवात गरिएको थियो ।
उक्त कार्यक्रममा युनियनपे इन्टरनेशनल र एन आई सी एशिया बैंकका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासँग एकिकृत गरी छिट्टै ग्राहक महानुभावहरु सामु लैजाने योजना बनाएको छ ।
साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढीकरण हुने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्