लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता शनिबार हुने

काठमाडौं, कात्तिक १९ । छैठौं संस्करणको लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता आगामी शनिबार हुने भएको छ ।

लक्ष्मी बैंकको आयोजनामा छैठौं संस्करणको लक्ष्मी बैंक खुला प्रतियोगिता शनिबारदेखि हुने बैंकले जनाएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एक सय बढी खेलाडीले सहभागी हुने जानकारी दिइएको छ । जसमध्ये २५ खेलाडीलाई लक्ष्मी बैंकले आमन्त्रण गर्ने सिईओ अजय बिक्रम शाहले जानकारी दिए । पर्यटनसँगै यस प्रतियोगिताले गल्फ क्षेत्रमा समेत विकास गर्ने सिईओ शाहले बताए ।

गोकर्ण गल्फ कोर्समा हुने प्रतियोगितामा सिनियरसँगै जुनियर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । लक्ष्मी बैंकले २०१४ बाट गल्फ प्रतियोगिता आयोजना गर्दै आएको छ । जुन नेपालको एक प्रमुख एमेच्योर गल्फ प्रतियोगिता हुन पुगेको छ ।

यो प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा ३र४ ह्यान्डिक्यापमा खेलिने छ । १०० भन्दा बढी खेलाडीहरु सहभागी हुने यस खेलमा पुरुष, महिला, जेष्ठ नागरिक ६० वर्षभन्दा ज्यादा उमेरका व्यक्ति तथा १७ वर्षभन्दा कम उमेर समूहहरुमा उपाधि प्रदान गरिनेछ ।

पुरस्कार मुख्य विजेता, रनर अप, वेस्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता -६० तथा सोभन्दा माथि) सिनियर रनर अप, विनर गेष्ट समूह, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन तथा मोस्ट ब्राइड्स जस्ता समूहमा प्रदान गरिनेछ ।

यसबाहेक, १०औं होलमा होल-इन-वन बनाउने खेलाडीहरुलाई ह्युन्डाई कोना गाडी प्रदान गरिने पनि बैंकले पत्रकार सम्मेलन मार्फत जनाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्