‘साधना लघुवित्त’ को नाफामा ५१३ प्रतिशतले बृद्धी
काठमाण्डौ । , कात्तिक १९ । साधना लघुवित्त वित्तीय संस्थाले प्रथम त्रैमासिक प्रगती विवरण सार्वजनिक गरेको छ ।
जस अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७६ लाख ६३ हजार खुद मुनाफा आर्जन गरेको छ । जब कि यो लघुवित्तकोे अघिल्लो वर्षको यही अवधिमा १४ लाख ९३ हजार मात्रै खुद नाफा रहेको थियो । जुन अघिल्लो बर्षको तुलनामा ५१३ प्रतिशतले बृद्धी भएको छ ।
समिक्षा अवधिमा अन्य लघुवित्त नपुगेको क्षेत्रमा शाखा संजाल आक्रमक रुपमा बिस्तार गरेको लघुवित्तले गत अषाढ ३० गते बाट आर्थिक समृद्धी लघुवित्तलाई प्राप्ति गरी एकिकृत कारोबार संचालन गरी ब्यबसाय बिस्तारमा पनी उत्कृष्ट प्रगती प्राप्त गरेको छ । यसकै कारणले खुद ब्याज आम्दानी रु २ करोड ४६ लाख २ हजार पु–याएको छ भने अघिल्लो बर्षको यही अवधिमा ६६ लाख ३१ हजारमा सीमित रहेको थियो।
यसै गरी समिक्षा अवधिमा ३२ करोड ५९ लाख बचत संकलन गरी १ अर्ब ४ करोड १६ लाख सापटी लिएर १ अर्ब ३६ करोड १९ लाख कर्जा परिचालन गरेको छ भने अघिल्लो बर्षको यही अवधिमा ८ करोड ५६ लाख बचत संकलन गरी ४४ करोड ७२ लाख सापटी लिई ५० करोड ७४ लाख कर्जा परिचालन गरेको थियो ।
यसै गरी वित्तीय संस्थाको अघिल्लो आर्थिक बर्षमा २३ लाख ९० हजार मात्र रहेको रिर्जब समिक्षा अवधिमा ३ करोड ४१ लाख पुगेको छ । अघिल्लो आ.व.को यही अव्धीमा कुल ४ करोड ९० लाख चुक्ता पुंजी रहेकोमा यस आ.व.मा चुक्ता पुंजी १४ करोड ६० लाख भएको छ ।
त्यस्तै समिक्षा अवधिमा कस्ट अफ फण्ड ९.६२ प्रतिशत रहेको छ भने तरलता अनुपात १३.२१ प्रतिशत, प्रति शेयर आम्दानी २०.९८ (बार्षिक) रहेको छ । गोरखा जिल्लाको गोरखा न. पा. मा केन्द्रीय कार्यालय राखी २०७४ मंसिर ३ गते बाट आर्थिक कारोबार संचालन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्